गृहपृष्ठ नेपाल र केन्याबीच आज दोस्रो खेल

नेपाल र केन्याबीच आज दोस्रो खेल

नेपाल र केन्याबीच आज दोस्रो खेल

नेपालले केन्यासँग आज दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । बुधबार मात्रै केन्या पुगेका सोमपाल कामीले बिहीबारको खेलमा ३ विकेट लादै म्यान अफ दि म्याच घोषित भएका थिए ।

पहिलो खेलमा दोस्रो चरणमा केन्या पुगेका सोमपाल कामी र बिहीबारै बिहान पुगेका आदिल आलम पनि खेलेका थिए । कप्तान सन्दीपसहित ११ खेलाडी पहिलो चरणमै केन्या पुगेका थिए ।

बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम पनि केन्या पुगिसकेका छन् । दोस्रो खेलका लागि नेपाली टिममा सबै खेलाडी उपलब्ध हुनेछन् ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु