nmb bank

गृहपृष्ठ गठबन्धनमा कांग्रेसकाे दाबी १०० सिट, अरुकाे कति ?

गठबन्धनमा कांग्रेसकाे दाबी १०० सिट, अरुकाे कति ?

गठबन्धनमा कांग्रेसकाे दाबी १०० सिट, अरुकाे कति ?

सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक्लै १०० सिटमा दाबी गरेको छ ।

बिहीवार बसेको गठबन्धन बैठकमा दलहरुबाट औपचारिक दावेदारी प्रस्तुत भएको हो । बैठकपछि बोल्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एसले ४० सिट दाबी गरेका छन् । यस्तै जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको उनले जानकारी दिए ।

हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन ।

प्रकाशित समय : ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु