गृहपृष्ठ सत्ता गठबन्धन बैठक : सबै निर्वाचन क्षेत्रकाे प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन
सत्ता गठबन्धन बैठक : सबै निर्वाचन क्षेत्रकाे प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन
सत्ता गठबन्धन दलका शीर्ष नेताको आज पनि बैठक बसेकाे छ । बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुंगाे लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्यांक सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्यांक सहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धनका शीर्ष नेताको बैठक आजै अपराह्न पुनः बस्नेछ । सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन् ।
आगामी मंसिर ४ गते एकै चरणमा देशभर निर्वाचन हुँदैछ । सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे विषय सकसपूर्ण भइरहेको छ । भदौ पहिलो साता गठबन्धनबिच सिट बाँडफाँट सक्ने भनिए पनि त्यसअनुसार काम भइरहेकाे छैन ।
प्रकाशित समय : १४:२८ बजे



















