गृहपृष्ठ हिमालयन बैंकले बुधबारदेखि ऋणपत्र खुला गर्ने
हिमालयन बैंकले बुधबारदेखि ऋणपत्र खुला गर्ने
हिमालयन बैंकले बुधबारदेखि ऋणपत्र खुला गर्ने भएको छ । बैंकले भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।
यस्तै, बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा, प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा बिक्री भएन भने भदौ २९ गतेसम्म भर्न सकिनेछ ।
प्रकाशित समय : १३:१६ बजे


















