गृहपृष्ठ ‘साओमी १२ लाइट’ नेपाली बजारमा, मूल्य र विशेषता ?
‘साओमी १२ लाइट’ नेपाली बजारमा, मूल्य र विशेषता ?
साओमीले अल्ट्रा स्लिम ‘साओमी १२ लाइट’ नेपाली बजारमा ल्याएको छ । ‘हरेक व्यक्तिको छुट्टा-छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइट गरिएको कम्पनीले जनाएको छ ।
जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ’ कम्पनीले साओमी १२ लाइटबारे जानकारी दिन जारी विज्ञप्तिमा भनेको छ । लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय-समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’
उनले थपे, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड ए+un क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ ।’
फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन
७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाइड म्याट कलर ग्रेडिएन्ट फिनिश दिइएको छ तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।
कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा
यसमा भएको तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ ।
त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडी२ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलइडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।
कम्पनीका अनुसार ६+१२८ जीबी र ८+१२८ जीबी स्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मूल्य ६+१२८ जीबी ५० हजार ९९९ रुपैयाँ र ८+१२८ जीबी ५३ हजार ९९९ रुपैयाँ रहेको छ ।
यी सेटहरू नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हरुबाट उपलब्ध हुनेछ ।
प्रकाशित समय : ०९:३७ बजे



















