गृहपृष्ठ एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउने

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउने

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउने

नेकपा (एकीकृत समाजवादी)ले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांकवेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।

प्रकाशित समय : ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु