global ime bank Long Banner Ad

गृहपृष्ठ निलम्बित प्रधानन्यायाधीश राणालाई पनि सोधपुछ गर्ने महाअभियोग सिफारिस समितिको निर्णय

निलम्बित प्रधानन्यायाधीश राणालाई पनि सोधपुछ गर्ने महाअभियोग सिफारिस समितिको निर्णय

निलम्बित प्रधानन्यायाधीश राणालाई पनि सोधपुछ गर्ने महाअभियोग सिफारिस समितिको निर्णय

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भदौ १५ गते बिहान ११ बजे सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै राणलाई १५ गते बोलाउने निर्णय गरेको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुंग्याएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका कारण १२ दिनभित्रै छानबिन सक्ने गरी समितिले कार्यतालिका बनाएको हो । कार्यतालिकाअनुसार भदाैं ९ देखि १२ गतेसम्म प्रमाण संकलन गर्ने निर्णय भएको छ ।

गत फागुन १ गते सत्ता पक्षका ९७ जना सांसदले राणाविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए । महाअभियोग दर्तासँगै राणा निलम्बित अवस्थामा छन् ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु