global ime bank Long Banner Ad

गृहपृष्ठ थपिए ६५८ जना कोरोना संक्रमित

थपिए ६५८ जना कोरोना संक्रमित

थपिए ६५८ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परीक्षणमा २ सय ५३ गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४ सय ५६ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार हाल ४ हजार १ सय ३४ होम आइसोलेसन, १ सय ६२ संस्थागत आइसोलेसन र ५० जना आइसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९ सय ४० पुगेको छ ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु