global ime bank Long Banner Ad

गृहपृष्ठ बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा

बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा

बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा

बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बसेका छन् । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उनले आफू एकान्तवासमा बस्न लागेको बताएका छन् ।

उनको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ । वक्तव्यमा लेखिएको छ, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उहाँ अहिले एकान्तवासमा बस्नु भएको हो ।’

उनले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने कामहरु भने गरिरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये चार सय २० जना पछिल्लो एक दिनमा संक्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित समय : १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु