गृहपृष्ठ क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी
क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी

क्युबामा पनि मंकीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको संक्रमण पुष्टि भएको शनिबार अबेर त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा पुगेका थिए । गम्भीर रूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले विज्ञप्ति निकालेर बताएको छ ।
बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए ।
प्रकाशित समय : १४:२७ बजे