काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

6.32K
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

बिहान ११ बजे अस्पताल पुगेकाे राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।

यसअघि आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरीलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।