global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बर्सेनि कान्द्राको बाढीले सास्ती

बर्सेनि कान्द्राको बाढीले सास्ती

बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका-५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो । तर उनलाई जान भने सजिलो थिएन । सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति २० तिर्नुपर्छ ।

‘नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ’, बोहराले भनिन्, ‘दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।’

भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुंगा सञ्चालनको ठेक्का दिएको छ । ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व संकलन नदी ठेक्काबाट हुन्छ ।

नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुंगे पुल निर्माण गरेका कारण आवतजावत सहज छ । हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुंगाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुंगुे पुल निर्माण भएका छन् ।

नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउँछन् । उनी डुंगा निःशुल्क चढ्न पाउनुपर्ने बताउँछन् । ‘सबैसँग पैसा हुँदैन’ उनले भने ।

वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्छन् । उनले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको २० रुपैयाँ डुंगा सञ्चालकलाई तिर्नुपर्छ । ‘आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन’ उनले भने ।

पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक नमूना विद्यालय छ । वर्षातको समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् ।

स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ । सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरीले बताए ।

‘रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ’, उनले भने । हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ । पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो ।

अझै पूरा हुनसकेको छैन । चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो । समयावधि पटक-पटक थप्ने गरिएको छ ।

हुलाकी राजमार्ग आयोजना धनगढीका इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताउँछन् ।

प्रकाशित समय : ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु