nmb bank

गृहपृष्ठ नागरिकता विद्येयकका विषयमा विज्ञसँग छलफल गर्दै कांग्रेस

नागरिकता विद्येयकका विषयमा विज्ञसँग छलफल गर्दै कांग्रेस

नागरिकता विद्येयकका विषयमा विज्ञसँग छलफल गर्दै कांग्रेस

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले नागरिकता विद्येयकका विषयमा विज्ञसँग छलफल गर्ने भएको छ । बिहान ९ बजे कांग्रेसले संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूलाई बोलाएर छलफल गर्न थालेको हो ।

विद्येयकमा राष्ट्रपतिले राखेको धारणा तथा एमालेले उठाएका सवालका विषयमा छलफल गर्न लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक फिर्ता गरेपछि राष्ट्रियतासँग जोडेर कांग्रेसमाथि टिकाटिप्पणी भए पनि कांग्रेस मौन थियो ।

अब भने कांग्रेसले अन्य राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । यता आजै संसदबाट विद्येयकलाई पुनः जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएको छ ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु