गृहपृष्ठ ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा खरिद-बिक्री भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:४४ बजे




















