global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कृषि औजार कारखानाको अध्ययन गर्न पुनलाई अर्थमन्त्रीको आग्रह

कृषि औजार कारखानाको अध्ययन गर्न पुनलाई अर्थमन्त्रीको आग्रह

कृषि औजार कारखानाको अध्ययन गर्न पुनलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन् ।

भेटकाक्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।

केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आर्थिक वर्ष आविस्कार केन्द्रसमेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भने, ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारसमेत निर्माण गर्न सकिन्छ।’

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरि आधुनिकीकरणसमेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु