गृहपृष्ठ माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?
सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएकाे छ ।
एक नेताका अनुसार बैठकमा डा. बाबुराम भट्टराईको पार्टी चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने, गठबन्धनमा सिटको प्रस्ताव र चुनाव एजेन्डा छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धनका दलले तालमेल गर्ने निर्णय गरेका छन् । सिट बाँडफाँटका लागि कार्यदल गठन भएकाे छ ।
प्रकाशित समय : १०:४५ बजे

















