global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् एमाले बैठकले गरेका ७ निर्णय

यी हुन् एमाले बैठकले गरेका ७ निर्णय

यी हुन् एमाले बैठकले गरेका ७ निर्णय

नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ ।

आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए ।

सचिवालयको ११औँ बैठकले विभिन्न सात निर्णय गरेको गुरुङले जानकारी दिए ।

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु