global ime bank Long Banner Ad

गृहपृष्ठ घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् ।

आक्रमणबाट टाउकोमा चोट लागेका टीकारामको मंगलबार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशंकामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित समय : ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु