गृहपृष्ठ भिभोको आकर्षक फिचरसहित ‘भिभो वाई १५ सी’ सार्वजनिक
भिभोको आकर्षक फिचरसहित ‘भिभो वाई १५ सी’ सार्वजनिक
विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘भिभो वाई १५ सी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस्तै, ‘वाई १५ सी’ को लन्चसंगै भिभोले युवालाई प्रचूर विशेषताहरु भएको स्मार्टफोन र विभिन्न मूल्य दायरामा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।
सिमलेस अनुभव सुनिश्चित गर्नका लागि ‘वाई १५ सी’ मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बोधरुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताको जीवनशैलीअनुरूप ‘वाई १५ सी’ लाई डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन-अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू ‘अन द गो’ मिलिनेअलको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५००० एमएएच ब्याट्रीले सु-सज्जित, हालै लन्च गरिएको ‘वाई १५ सी’ सधैं अमूल्य साथि साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।’
साथै, भिभो ‘वाई १५ सी’ मा उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा, लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री, इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन, आकर्षक रंगहरू तथा विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:५३ बजे