गृहपृष्ठ सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड
सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड
सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६७ हजार ५८ सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।
जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।
यस्तै आइपीओको नतिजा लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन् ।
प्रकाशित समय : १०:४७ बजे


















