गृहपृष्ठ एनसेलको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन
एनसेलको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन

एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
एनसेलका अनुसार इन्स्टाग्राम, माईफाइभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो । ग्राहकहरूले करसहित मात्र ९७ रूपैयाँमा सोमबार (साउन २३)बाट यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले २० रूपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।
यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् । यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माइफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माईफाइभ नम्बरहरूमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।
यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवाअन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरैभन्दा धेरै कुराकानी गर्न सक्छन् ।
यसै प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स र हंगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् ।
यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।
युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ ।
प्रकाशित समय : ०९:४९ बजे