global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना संक्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना संक्रमित भएका हुन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु