global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अमेरिकामा अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसीबिच विवाह

अमेरिकामा अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसीबिच विवाह

अमेरिकामा अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसीबिच विवाह

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली चलचित्रका चर्चित कलाकार उषा पौडेल र राहुल केसी विवाह बन्धनमा बाँधिएका छन्। अमेरिकी समय अनुसार मे ११ आइतवार, उनीहरूले बाल्टिमोरको नेपाली हिन्दू-बौद्ध मन्दिरमा पूर्ण हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्।

विवाह समारोहमा दुवै परिवार, आफन्त तथा अमेरिका र नेपालका कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विवाहपछि साँझ नवदम्पतीले स्वागत भोजको आयोजना गरेका थिए।

 

 

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु