global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा एकैदिन २० हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन २० हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन २० हजारभन्दा बढीमा कोरोना संक्रमण

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको संख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय संक्रमित छन् ।

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु