गृहपृष्ठ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते उक्त मुद्दामा उनलाई २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिबाना ठहर गरेको थियो । त्यसपछि कार्की फरार रहेका थिए ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको छ ।
प्रकाशित समय : १४:५२ बजे



















