global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकको ल्यायो डबल धमाका मुद्दती खाता

नेपाल बैंकको ल्यायो डबल धमाका मुद्दती खाता

नेपाल बैंकको ल्यायो डबल धमाका मुद्दती खाता

नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुईगुणा हुने छ । बैंकका अनुसार यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य सुविधा पनि प्राप्त गर्ने छन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत् यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८३ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत् करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याएरहेको छ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु