global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालकै उत्कृष्ट मेकानिक बने बनेपाका उमेश मानन्धर

नेपालकै उत्कृष्ट मेकानिक बने बनेपाका उमेश मानन्धर

नेपालकै उत्कृष्ट मेकानिक बने बनेपाका उमेश मानन्धर

सिप्रदी अटो पार्ट्‌स र टाटा मोटर्सले आयोजना गरेको मेकानिकहरूको सीप र क्षमताको प्रतिस्पर्धामा उमेश मानन्धर प्रथम स्थान ओगट्न सफल भएका छन् ।

नेपालभर छरिएर रहेका १२ सयभन्दा बढी प्रतिस्पर्धीमध्ये बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका हुन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता थियो ।

टाटा मोटर्सका सवारीसाधनहरूलाई देशका जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिकहरूसँग सहकार्यका विभिन्न कार्य  अगाडि बढाइएको छ ।

जसमध्ये ‘टाटा गुरु कार्यक्रम’ एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको  र तिनै टाटा गुरुहरूलाई कम्पनीले आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै आएको छ । बजारमा रहेका टाटा गुरुहरूको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्ट्‌सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।

यसका साथै, यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कम्पनीले जनाएको छ । ३०० भन्दा बढी मेकानिकको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन् ।

कार्यक्रममा सहभागी सम्पूर्ण मेकानिकले टाटा मोटर्सले आफूहरूलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा आफूहरू धेरै खुसी रहेको बताएका छन् ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु