global ime bank Long Banner Ad

गृहपृष्ठ टीभीएसको ‘टोखामी अटो हब’ सञ्चालनमा

टीभीएसको ‘टोखामी अटो हब’ सञ्चालनमा

टीभीएसको ‘टोखामी अटो हब’ सञ्चालनमा

नेपालमा टीभीएस टु ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा-३, स्थुलीस्थित सुविधासम्पन्न नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ टोखामा नयाँ शोरुम सुरु गरिएको जगदम्बा मोटर्सले जनाएकाे छ ।

कम्पनीका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैँ प्रयासरत छौं । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको छ ।’

नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको कम्पनीले दाबी गरेको छ । जगदम्बा मोटर्स प्रालि टीभीएसको एक मात्र आधिकारिक वितरक हो ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु