गृहपृष्ठ एनसीसी बैंकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ : १० गुणा रकम, ७ लाखको बिमा
एनसीसी बैंकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ : १० गुणा रकम, ७ लाखको बिमा
एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएकाे छ ।
सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यसका साथै, यस याेजनामा पहिलो वर्षको लागि ५ लाखसम्मको दुर्घटना बिमा र २ लाखसम्मको घातक रोग बिमा सुविधासमेत उपलब्ध रहेकाे बैंकले जनाएकाे छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १३:५३ बजे



















