गृहपृष्ठ बाबुराम र प्रचण्डबीच भेटवार्ता
बाबुराम र प्रचण्डबीच भेटवार्ता

जसपाबाट बाहिर निस्कन लागेका नेता बाबुराम भट्टराई राजनीतिक छलफलमा जुटेका छन् । यसै क्रममा उनले नेकपा माअोवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज सिंहदरबारमा
करिब एक घण्टा भेटवार्ता गरेका छन् ।
बाबुरामले प्रचण्डलाई समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेकाे बताइएकाे छ । उनले यसअघि पनि प्रचण्डसमक्ष यही विषय उठाउने गरेका थिए । सिंहदरबारमा भएको भेटघाटमा समाजवादी केन्द्र बनाउने बाबुरामको प्रस्तावमा प्रचण्डले ठोस जवाफ भने नदिएको उनीनिकट एक नेताले बताए ।
७ वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत् समाजवादी पार्टी र जसपाको संघीय परिषद् अध्यक्ष भइसकेका छन् । तर, जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि उनी हाल कारबाहीमा परेका छन् ।
प्रकाशित समय : १४:२९ बजे