गृहपृष्ठ भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आइओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आइओसीले निगमलाइ पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको निगमले जनाएकाे छ । भारतबाट मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाउने वा बढाउनेबारे निगमले निर्णय गरिसकेको छैन ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु