गृहपृष्ठ ‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुँदै
‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुँदै

किरात समुदायमाझ सभ्यताको प्रतीक मानिने चर्चित ढुंगा ‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ’ (ढुंगाको बाटो) मञ्चन हुने भएकाे हो ।
यसअघि ‘जोखना’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले नाटकलाई निर्देशन गर्दैछन् । पशुपति राई, मानङ लावती, इंगिहोपो कोइँच सुनुवार, अनु थापा, शक्ति राईसहित २७ जना कलाकारले नाटकमा अभिनय गर्ने छन् । ‘दमिनी भीर’ उपन्यासमार्फत मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले नाटककाे लेखन गरेका छन् ।
नाटकमा सुनकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा अवस्थित खुवालुङको महत्त्व के हो त ? किरातहरूले यस ढुंगा किन पुज्छन् ? किराती समुदाय र प्रकृतिको नाता के हो ? भन्ने विषयमा नाटकले प्रष्ट्याउने बताइएकाे छ ।
प्रकाशित समय : १४:३१ बजे