global ime bank Long Banner Ad

गृहपृष्ठ ‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुँदै

‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुँदै

‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुँदै

किरात समुदायमाझ सभ्यताको प्रतीक मानिने चर्चित ढुंगा ‘खुवालुङ’मा आधारित नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ’  (ढुंगाको बाटो) मञ्चन हुने भएकाे हो ।

यसअघि ‘जोखना’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले नाटकलाई निर्देशन गर्दैछन् ।  पशुपति राई, मानङ लावती, इंगिहोपो कोइँच सुनुवार, अनु थापा, शक्ति राईसहित २७ जना कलाकारले नाटकमा अभिनय गर्ने छन् । ‘दमिनी भीर’ उपन्यासमार्फत मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले नाटककाे लेखन गरेका छन् ।

नाटकमा सुनकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा अवस्थित खुवालुङको महत्त्व के हो त ? किरातहरूले यस ढुंगा किन पुज्छन् ? किराती समुदाय र प्रकृतिको नाता के हो ? भन्ने विषयमा नाटकले प्रष्ट्याउने बताइएकाे छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु