गृहपृष्ठ मौद्रिक नीति सार्वजनिक, १२ प्रतिशत मात्रै कर्जा प्रवाह गर्ने लक्ष्य
मौद्रिक नीति सार्वजनिक, १२ प्रतिशत मात्रै कर्जा प्रवाह गर्ने लक्ष्य
चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सर्वजनिक भएको मौद्रिक नीति सेयर बजार तथा घरजग्गाका लागि कसिलो हुने कतिपयको आँकलन छ । गभर्नर अधिकारीले पनि विभिन्न समयमा चालु आवमा बैंक ब्याजदर बढ्ने अभिव्यक्ति दिँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । गएको वर्ष कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए ।
प्रकाशित समय : १६:४१ बजे



















