global ime bank Long Banner Ad

गृहपृष्ठ कर्नाटक बिद्यानसभा निर्वाचनः कांग्रेसको बिशाल अग्रता

कर्नाटक बिद्यानसभा निर्वाचनः कांग्रेसको बिशाल अग्रता

कर्नाटक बिद्यानसभा निर्वाचनः कांग्रेसको बिशाल अग्रता

कर्णाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले अग्रता लिईरहेको छ । आज देखी सुरु भएको मतगणनामा कांग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकी सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ ।

आज सार्वजनिक गरेको मतगणनाको स्थीति हेर्दा राज्यमा आफ्नै बलमा सरकार बनाउन कांग्रेसले बहुमत पु¥याउन सक्ने देखिएको छ । जबकी सरकार बनाउन १ सय १३ मत भए मात्र पुग्दछ । तर, अहिलेको मतपरिणामको रुझान हेर्दा कांग्रेसलाई आवाश्यक्ता भन्दा बढी मत प्राप्त भईसकेको छ ।

यो प्रारम्भिक नतिजासँगै भाजपा नेता तथा कर्णाटक राज्यका मुख्यमन्त्री बसवराज बोम्मईले पनि आफनो पराजय स्वीकार गरेका छन् । सो पराजय स्वीकार गर्दै कर्नाटकका मुख्यमन्त्री बोम्मईले भने, ‘हामी गन्तव्यमा पुग्न सकेनौ ।’

उनले अगाडी भने, ‘सबै नतिजा आएपछि हामी विस्तृत विश्लेषण गर्नेछौं र एक राष्ट्रिय राजनीतिक दलको रूपमा, हामी विभिन्न तहमा हाम्रा कमजोरीहरू खोज्नेछौं र तिनीहरूलाई सुधार गर्नेछौं र संगठनलाई पुनर्गठन गर्नेछौं । र,लोकसभा चुनाववाट फर्कनेछौं।’

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु