गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो
नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट देखिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यससँगै छापावाल सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको मूल्य पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको महासंघले जनाएकाे छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
प्रकाशित समय : १२:१६ बजे



















