nmb bank

गृहपृष्ठ राप्ती हाइड्रोको आइपीओ खुला

राप्ती हाइड्रोको आइपीओ खुला

राप्ती हाइड्रोको आइपीओ खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कुल २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्कासन गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कुल निष्कासित सेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानिकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था सार्थै मेरो सेयरको वेबसाइट तथा एपमार्फत् पनि आवेदन दिन सकिने छ । कम्पनीलाई इक्रा नेपालर्ले इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहनिष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु