nmb bank

गृहपृष्ठ ओली पक्षका ८ सांसदले पनि दिए देउवालाई विश्वासको मत

ओली पक्षका ८ सांसदले पनि दिए देउवालाई विश्वासको मत

ओली पक्षका ८ सांसदले पनि दिए देउवालाई विश्वासको मत

केपी शर्मा ओली पक्षका ८ जना सांसदले माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । केपी ओली सरकारमा वनमन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन् । हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षमा सांसद हुन् । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन् ।

प्रकाशित समय : ०४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु