nmb bank

गृहपृष्ठ चलचित्र फिरफिरे फिरिरीको शुभ मुहुर्त सम्पन्न

चलचित्र फिरफिरे फिरिरीको शुभ मुहुर्त सम्पन्न

चलचित्र फिरफिरे फिरिरीको शुभ मुहुर्त सम्पन्न

विन्द्यवासिनी क्रियसन कृत मनोज कुमार अधिकारी द्वारा प्रस्तुति रहेको चलचित्र फिरफिरे फिरिरीको आज शुभ मुहुर्त सम्पन्न भएको छ ।

यहि जेष्ठको पहिलो साता भित्र छायाँकन सम्पन्न गरी आउँदो दशैँमा विश्वव्यापि रुपमा दर्शक माझ आउने कुरा जानकारी भएको छ । आफै कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि नौ डाँडापारी, मंगलशुत्र जस्ता चर्चित चलचित्र दिइसकेका छन ।

“जुलेवी” जस्ता चलचित्र निर्माण गरीसकेका नविन भट्ट यस चलचित्र “फिरफिरे फिरिरी” मार्फत निर्देशनमा डेव्यु गर्ने भएका छन । सोसल हरर कमेडि जन्रमा बन्न लागेको यस चलचित्रका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट रहेका छन । चलचित्रमा मुख्य कलाकारहरु शंकर सेढाई, भावना उप्रेति, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ तथा मनोज कुमार अधिकारी रहेका छन ।

यस चलचित्रको छायाँकारमा जितु तामाङ्ग रहेका छन । कार्यकारी निर्माताको रुपमा पिटर प्रिन्स छन भने प्रोडक्सन हेड विनेश थापा हुन । पोस्ट प्रोडक्सनमा अनन्त घिमिरे रहेका छन भने चलचित्रमा संगित प्रशान्त सिवाकोटिको रहने छ ।

 

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु