Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

न्युज कारोबार काठमाडौं साउन ३, २०७८       

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्रीमा शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् । त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन् ।

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् । त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन् । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् ।

सम्बन्धित खबरहरु