global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीमा पहिरोले एकै घरका चार जनाको ज्यान गयो

गुल्मीमा पहिरोले एकै घरका चार जनाको ज्यान गयो

गुल्मीमा पहिरोले एकै घरका चार जनाको ज्यान गयो

गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ । पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ । (रासस)

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु