global ime bank Long Banner Ad

गृहपृष्ठ उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीमाथि पेपर वेट, चप्पल, पञ्चिङ मेसिनलगायत प्रहार भएको र उनको अनुहारमा चोट लागेको छ ।

प्रहरीले करार सेवामा रहेका कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन् ।

कुटपिटमा संलग्न उनीहरूले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु