गृहपृष्ठ नेकपा सचिवालय बैठक सुरु, ‘मन्त्रिमण्डल पुनर्गठन मापदण्ड’ मुख्य एजेन्डा
नेकपा सचिवालय बैठक सुरु, ‘मन्त्रिमण्डल पुनर्गठन मापदण्ड’ मुख्य एजेन्डा
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । आजको बैठकमा अन्य विषयका साथै मन्त्रिमण्डल पुनगर्ठन मुख्य एजेन्डा रहेकाे बताइएकाे छ ।
आइतबार पेरिसडाँडामा सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका एजेन्डामा सहमति खोज्ने प्रयास गरेका थिए । त्यसपछि एक दुई दिनमा सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ ।
नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, पार्टीकाे सांगठनिक एकताका बाँकी काम र विविध विषयका अन्य एजेन्डा समावेश छन् ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक आज दिउँसो बस्ने गरी स्थगित भएको थियो ।
प्रकाशित समय : १९:४५ बजे



















