global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले दिने सेवासुविधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

सरकारले दिने सेवासुविधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

सरकारले दिने सेवासुविधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

आरुघाट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजीव गुरुङले सरकारले दिने सेवासुविधा बापत पाउने रकमको २५ प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा गरेका छन् ।

वडाध्यक्ष भएबापत भत्ता र मासिक रूपमा पाउने पारिश्रमिक रकमको २५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने उनले बताए ।

‘मैले वडाध्यक्षको उम्मेदवारी दिँदा पनि जनता सामु भनेको थिएँ, म वडाध्यक्ष भएँ भने सरकारले दिने सेवासुविधाको केही प्रतिशत समाज सेवामै खर्च गर्छु भनेर त्यो बाचा पनि पुरा गरेको हुँ । अर्को कुरा मेरो अन्य केही व्यवसायहरू पनि छ । म नितान्त समाजसेवाका लागि वडाध्यक्ष भएको हो, जनताले दिएको मतले विजयी भएर जनप्रतिनिधि हुँदै गर्दा आएको सेवा सुविधाको हकदार आम जनता पनि हुन्, त्यसैले म उहाँहरूकै पक्षमा २५ प्रतिशत रकम पनि खर्च गर्ने छु’, वडाध्यक्ष गुरुङले भने ।

हालसालै सम्पन्न निर्वाचनबाट वडाध्यक्ष बनेका गुरुङ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए । उनले आफूले पाएको सेवासुविधाको २५ प्रतिशत हिसाब गरेर प्रत्येक ६–६ महिनामा एकमुस्ट समाजसेवामा खर्चिने बताए ।

‘अहिलेसम्म मैले सेवासुविधा पाएको छैन । अब छिट्टै खातामा आउँला । प्रत्येक महिना दिने होइन,  ६–६ महिनामा एकमुस्ट हिसाब गरेर तत्कालीन समाजका लागि आवश्यक चौतर्फी योजनाहरू हेरेर, अवस्था हेरेर जहाँ वडाको बजेटले सम्बोधन गर्न नसक्ने अवस्था छ तर सम्बोधन नगरी हुन्न । त्यस्तो सामाजिक काममा खर्च गर्ने हो,’ उनले भने ।

आफूले पाउने सेवासुविधा समाजसेवामा खर्चिने घोषणा गर्दा भत्ता खान, पैसा कमाउन मात्रै जनप्रतिनिधि भएको भन्ने खालको महसुस जनताले नगर्ने उनको तर्क छ ।

‘सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु उचित हुन्न भन्ने मलाई लाग्छ । फेरि सेवासुविधा बापतको रकम समाजसेवामा खर्चिँदैमा मात्रै ठुलो काम गरेँ भनेर पनि बस्न हुन्न । हामी जनताको सेवा गर्न आएका हौँ, प्राप्त अधिकार र स्रोत साधनको भरपुर प्रयोग गरेर जनताका मनोभावना र चाहाना अनुसार उत्तरदायी भएर काम गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित समय : ०३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु