गृहपृष्ठ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । साे समझदारीअन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिड/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय : ००:४९ बजे