गृहपृष्ठ विमानस्थलबाट १०० ग्राम सुन बरामद
विमानस्थलबाट १०० ग्राम सुन बरामद
सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत् ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाइ ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : २३:१६ बजे



















