गृहपृष्ठ १७ एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, एक नम्बरमा बसन्त कुँवर
१७ एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, एक नम्बरमा बसन्त कुँवर
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डीआइजी पदमा बढुवाका लागि सिफारिस गरेकाे हाे ।
बढुवा समितिका सदस्य-सचिव एवं एआइजी पूजा सिंहका अनुसार सिफारिस भएकामध्ये पहिलो नम्बरमा बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली छन् ।
यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।
प्रकाशित समय : १५:४६ बजे



















