global ime bank Long Banner Ad

गृहपृष्ठ भीम रावलको प्रश्न : एसपीपीमा सहभागी हुन्नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

भीम रावलको प्रश्न : एसपीपीमा सहभागी हुन्नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

भीम रावलको प्रश्न : एसपीपीमा सहभागी हुन्नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

प्रधानमन्त्री शेरबरबहादुर देउवा संसदीय समितिको बैठकमा उपस्थित नभएको भन्दै सांसद्हरुले आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सहित अमेरिका भ्रमणका विषयमा सांसद्हरुले उठाएका प्रश्नको जबाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाउन निर्देशन दिएको थियो । 

तर, देउवा आइतबारको बैठकमा उपस्थित भएनन् । प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि खेद प्रस्तावको माग गरिएको छ । 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एसपीपीमा सहभागी नहुने भनेर सरकाले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाए । एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरे । 

‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जबाफ माग गरिरहेका थियौँ, समितिको बैठकमा जबाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका भइहाल्छ,’ उनले भने,‘एसपीपीमा संलग्न हुन्न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौ भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’ 

सांसद् रावलले एसपीपीको विषयमा सर्वोच्च अदालत पनि जानकारीमा बस्नुपर्ने बताए । उनले तथ्यगत रुपमा विषय बाहिर आएपछि हरेक विषयको जानकारी अदालतले राख्नुपर्ने तर्क गरे । 

‘कतिपय विषयहरु जब तथ्यगत रुपमा बाहिर आएपछि सर्वोच्च अदालतले समेत जानकारी राख्नुपर्छ,’ उनले भने,‘अमेरिकाले ३ वर्षदेखि रिपोर्ट लेखेको लेख्यै छ, अनि कहाँ लेखेको छ भनेर भनियो भने कहाँ गइएला हामी ?’

नेपालले चाहेको खण्डमा रद्द गर्न सकिने पत्र उल्लेख भएको भन्दै रावलले त्यस्तो बेलामा प्रधानमन्त्रीको निर्देशन आवश्यक रहेको बताए । 

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु