गृहपृष्ठ विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उहाले मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
उनले विपद्को सामना गर्न राज्यका सबै निकायले एकीकृत योजना बनाउनुपर्ने बताए । त्यस्तै, उनले विपद जोखिमको तयारी, जनशक्तिको अवस्था एवम् साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पेस गर्न पनि निर्देशन दिए ।
बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न जनशक्ति र सामाग्रीहरुलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित समय : १९:५२ बजे



















