गृहपृष्ठ सिभिल बैंकको डिपुटी सीईओमा सचिन जंग रायमाझी नियुक्त
सिभिल बैंकको डिपुटी सीईओमा सचिन जंग रायमाझी नियुक्त

सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ)मा सचिन जंग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागु हुनेगरी नायब सीईओमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी २१ वर्षको बैंकिङ अनुभव रहेको छ । साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिकासमेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउने विश्वास लिइएको बैंकले जनाएको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले नायव (सीईओ)को कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।
प्रकाशित समय : १८:५३ बजे