गृहपृष्ठ ‘कबड्डी ४’ आजबाट हलमा
‘कबड्डी ४’ आजबाट हलमा
राम बाबु गुरुङ निर्देशित सर्वाधिक चर्चित फिल्म श्रृंखला ‘कबड्डी’को चौथो भाग ‘कबड्डी ४ : द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फिल्म आज (शुक्रबार)बाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन् । यसका साथै गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय छ । फिल्मलाई सैलेन्द्र डी कार्कीले खिचेका छन् । फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ । त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गरेका छन् ।
सुष्मा गुरुङको लगानीमा बनेको यो फिल्मका कार्यकारी निर्माता अर्जुन कार्की हुन् । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन् ।
प्रकाशित समय : १९:३७ बजे



















